प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
आश्विन २०७९
पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
२०७९-०६-३१

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ६७ औं प्रहरी दिवस २०७९ विशेष दिवा कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित सम्मान गर्नुको साथै प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाण-पत्रसहित पुरस्कृत गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालय लगायत मातहतमा कार्यरत १७ जना प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित तथा ९ जना प्रहरी कर्मचारीहरूलाई नगदद्वारा पुरस्कृत गरिएको हो ।  पुरस्कार वितरण कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले अब सम्पूर्ण जनशक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रहरी पोसाक लगाएको प्रहरी सदैव निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले सबै नागरिकहरूलाई समान रूपले व्यवहार गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । दिवा कार्यक्रम दिउँसो ३ बजेदेखी ४:३० बजेसम्म संचालन भएको थियो ।

६७ औं प्रहरी दिवस २०७९ विशेष कार्यक्रम सम्पन्न
२०७९-०६-३१

    "६७ औं प्रहरी दिवस २०७९" को सु-अवसरमा आयोजित प्रहरी दिवस विशेष कार्यक्रम बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा शहिद प्रति मौन धारण गरी कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने ८ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्ने महानुभावहरू तथा बागमती प्रदेशकै सबैभन्दा ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापालाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको प्रशंसापत्र तथा बागमती प्रदेश अन्तर्गत सर्वोत्कृष्ट प्रदेश प्रहरी हुन सफल प्रहरी नायव उपरीक्षक मधु कुमार थापालाई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, आन्तरिक मामिला तथा कानून सचिव, प्रदेश सुरक्षा समिति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीहरू लगायतको उपस्थिति रहेको पहिलो चरणको कार्यक्रम विहान ८ बजे सुरु भई बिहान १० बजे समाप्त भएको थियो ।

वृक्षारोपण कार्यक्रम सम्पन्न
२०७९-०६-३०

६७ औं प्रहरी दिवस २०७९ लाई विभिन्न कार्यक्रमहरू संचालन गरी मनाउने क्रममा वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ पाथिभरा मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले कपुरको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तेजपत्ता, कपुर, अम्बा, कागती, अनार, जमुना, कोइराला, बयर, पारिजात, ईपिल, अमला, निम लगायतका प्रजातीका १६३ वटा बहुउपयोगी विरुवा रोपिएको छ । यसैगरी वृक्षारोपण पश्चात प्रहरी कर्मचारीहरूले मन्दिर परिसरको सरसफाई समेत गरेका छन् ।

रस्साकस्सी प्रतियोगिता सम्पन्न
२०७९-०६-२८

६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरीय महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिता सम्पन्न भएको छ । रस्साकस्सी प्रतियोगितामा महिलातर्फ बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा पुरुषतर्फ नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकनवानपुरका प्रतियोगीहरूले विजय हासिल गरेका छन् । दुबै तर्फको उपविजेता भने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा भएको छ । विजेता तथा उपविजेता खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने प्रहरी दिवसको कार्यक्रममा शिल्ड र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ ।

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
२०७९-०६-२७

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण, हेटौंडाका प्रहरी जवान चेत बहादुर बि.क. र प्रहरी जवान सुमन थापाको टोली प्रथम भएको छ भने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी नायव निरीक्षक दिनेश पराजुली र प्रहरी नायव निरीक्षक राम बहादुर घिसिङ्गको टोलीले द्धितीय स्थान हासिल गरेको छ । विजेता प्रथम र द्धितीय हुने खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने  प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

छुट्टाछुट्टै स्थानमा झुण्डी मृत्यु
२०७९-०६-२५

नुवाकोट, बिदुर नगरपालिका-५, पिपलटार कुमाल गाउँ बस्ने अम्बे कुमालको छोरी २० वर्षीया दिपा कुमाल आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ पंखामा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । यस्तै चितवन, माडी नगरपालिका-५, राजापुर बस्ने चिन्तामनि न्यौपानेको श्रीमती ५६ वर्षीया सिलादेवी न्यौपाने आफ्नै घर अगाडि रहेको आँपको रूखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

झुण्डी मृत अवस्थामा
२०७९-०६-२३

सिन्धुली, गोलन्जोर गाउँपालिका-६, झगडेपुर बस्ने जित बहादुर सार्कीको श्रीमती ४० वर्षीया बुद्धिमाया सार्की आफ्नै  घरदेखि अन्दाजी १.५ कि.मि. पश्चिम तर्फ रहेको आरूबोटे सामुदायिक बनको तिल्केको रूखमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।  घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । यस्तै नुवाकोट, बिदुर नगरपालिका-२, तिनधारे बस्ने ५५ वर्षीय निर बहादुर सार्कीले आफ्नो घर देखी अन्दाजी १.५ कि.मि. पश्चिम स्थित आफ्नै बारीमा रहेको आखाँतरेको रूखमा नाम्लोको बरियोले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्ला सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

मौलो पूजा सम्पन्न ।
२०७९-०६-१८

मिति:२०७९/०६/१८ गते । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंको अवसरमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यज्यूले मौलो पूजा अर्चना गर्नुभएको छ । सो अवसरमा सम्पुर्ण सकल दर्जाका प्रहरी कर्मचारीहरू समेतले मौलो परिक्रमा गरेका छन् । नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षा अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाको समुद्घाटन सम्पन्न
२०७९-०६-०९

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाहरुको एक कार्यक्रमवीच समुद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारको नियमित बजेट मार्फत रु. ३,६८,३१,८५९।८८ को लागतमा निर्मित महिला छात्रा तथा भान्साघर र रु. २१,५७,२६८।७१ को लागतमा निर्मित सोधपुछ कक्षको आज एक समारोहविच समुद्घाटन गरिएको हो । उद्घाटन पश्चात उहाँले नवनिर्मित भौतिक संरचनाको निरीक्षण समेत गर्नु भएको थियो । समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भईरहेको यस बागमती प्रदेश प्रहरी विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरिय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनिहरुको भूमिका र समाज प्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गंभिर हुनुपर्ने उहाँले बताउनुभयो । आज निर्माण सम्पन्न भई समुद्घाटन भएका भौतिक संरचनाले यस प्रहरी विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपुर्ण भूमिका खेल्ने कुरा समेत उहाँले व्यक्त गर्नु भयो । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटा लगायत प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्‍नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्रद्धारा सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रमुख अतिथिलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो । सोही अवसरमा विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक ई. ईश्‍वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०६-०८

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट नजिकै प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि.राजमार्गमा भिमान चेकपोष्ट नजिकै गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा सिभिल टोली र ईलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलिले सोहि नगरपालिका-७ बस्ने अन्दाजी २५ वर्षीय बिमल बस्नेतले निलो रङको साईडमा भिर्ने ह्याण्ड ब्याग भित्र NITRAVET लेखिएको २० वटा पातामा ( एउटा पातामा ३० पिसको दरले जम्मा ६०० पिस मध्धे  २ पिस निकालेको) जम्मा ५९८ ट्याबलेट (चक्की) र निजले नै लगाएको Adidos कम्पनिको सेतो रङको जुत्ताभित्र पहेलो रङको प्लाष्टिक भित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ अन्दाजी १ ग्राम सहित बाटोमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ । 

लागुऔषध गाँजा नियन्त्रणमा
२०७९-०६-०६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-११ पुन्यक्षेत्र गेट नजिक भित्रि सडक खण्डमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित ना ८ ख २५४२ नम्बरको गाडीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त गाडी नियन्त्रणमा लिन खोज्दा, प्रहरीको टोलीलाई देखि गाडि छोडी चालक फरार रहेको, उक्त गाडिको ढालामा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध गाँजा ८ पोका अन्दाजी ८० के.जि. फेला परेको, गाडीको अन्य भाग हेर्न बाकी रहेको, नियन्त्रणमा लिएको उक्त गाडी र लागुऔषध गाँजा जि.प्र.का.मा ल्याई राखिएको, फरार चालकको खोज तलाश कार्य जारी रहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०६-०३

धादिङ, गल्छी गाउँपालिका-४ मासटार स्थित प्रहरीले लागुऔषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामा रहेका छन् । प्रहरी चौकी बैरेनिबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलिले गल्छी-४ मासटार स्थित रहेको प्रतिक्षालयमा निज गणेश लामालाई शंका लागी चेकजाँच गर्दा निजले ल्याएको ४ वटा जेब्रा झोला र ३ वटा कपडाको झोला भित्र अन्दाजी ३५ के.जि. लागुऔषध गाँजा फेला पारेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<